मुम्बई,१६ असार।भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ । महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो […]
काठमाडौं,१३ असार । जनमत पार्टीले सरकारले ल्याएको बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा पार्टीको बसेको संसदीय दलको बैठकले गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय गरेको बताएको छ। ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।’,उनले […]
झापा,१३ असार। झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण भएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण भएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका अनुसार सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यस्तै, शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमलब ५५, मेचीनगरमा […]
जनकपुरधाम,१२ असार।संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै जनमत पार्टीले सप्तरीमा प्रदर्शन गरेका छ्न। मंगलबार जिल्लाको कञ्चनपुर बजारमा जनमत पार्टीको नेताकार्यकर्ताहरुले मधेश विरोधी बजेट मुर्दावाद,गरिब विरोधी बजेट मुर्दावाद ,असमान बजेट मुर्दावादको नारासहित विरोध प्रदर्शन गरेका हुन। सो विरोध कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो।
जनकपुरधाम ,१२ असार। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका पदाधिकारीबिच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो। काठमाडौंस्थित रहेको जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा अध्यक्ष डा.राउतसंग गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन […]
जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न। जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन। उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन […]
परबिन पंडित,राजेन्द्र राम खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न। आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक […]
काठमाडौं,१० असार । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्छ । ऐनमा असार १० गतेभित्र […]