न्यूजमधेश डेस्क काठमाडौं,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ […]
काठमाडौं, १४ चैत। आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताएका छन् । आन्दोलनको संयोजन गरिरहेको सन्तोष दाहालकाअनुसार अब सरकारी वार्ता टोलीसँग वार्ता […]
काठमाडौं,८ चैत।काठमाडौंको काठफोर्ड ईन्जिनियर क्याम्पसमा स्ववियु निर्वाचनमा विद्यार्थी जनमत संघका अमर यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस क्याम्पसमा जम्मा ५०१ मत खसेको थिए।त्यसमध्ये १५२ मत प्राप्त गरि विद्यार्थी जनमत संघका यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारी विद्यार्थी संगठनका उम्मेदवार शार्दुल पाण्डेले ११९ मत प्राप्त गरि पराजित भएका थिए। चैत […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत दरबन्दीमा खटाइएका कर्मचारीको विवरण खोजी सुरु गरेको छ । मन्त्रालयले तीन दिनभित्र कर्मचारीको यथार्थ विवरण पठाउन सम्बन्धित सबै निकायलाई पत्राचार गरेको छ । मन्त्रालयले पत्रसँगै सिंहदरबारभित्रका मन्त्रालय, आयोग र निकायमा कर्मचारी खटाएरै विवरण संकलनमा दबाब सिर्जना गरेको छ । मन्त्रालयले सरुवा भएका कति […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत। सरकारले नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हकमा अतिक्रमण गर्ने कानून ल्याउन लागेको छ । टेलिफोन, मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा बनाइसकेको छ । अपराधमा संलग्न व्यक्ति भएमा अदालतबाट अनुमति लिएर कुनै पनि […]
न्यूजमधेश डेस्क काठमाडौँ, ८ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध […]
लहान ,७ चेैत। मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्। लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का […]
न्यूजमधेश डेस्क वीरगञ्ज,७ चैत । पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ । सोमबार राति ११ बजे ठोरी-४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए। लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ । राति घरमा सुतिरहेको बेलामा अचानक बाघ […]