जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र […]
न्यूजमधेश डेस्क सिरहा ,२९ बैशाख । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न। सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ । मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय […]
काठमाडौं,२९ बैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये […]
जनकपुरधाम,२९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘देशकै साख र […]
जनकपुरधाम ,२८ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिका पदेन सदस्यहरू तोकेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्का पदेन सदस्यमा राख्ने निर्णय भएको उनले जानकारी गराएका छन् । जनमत पार्टीले राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यको रूपमा सहभागी गराएको छ । […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२६ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले मानवलाई केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अध्यक्ष राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए । ‘सरकारले ‘राष्ट्रिय गौरवका […]
न्यूजमधेश डेस्क नेपालगञ्ज, २६ बैशाख । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ बैशाख। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार […]