न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ । धनुषाको सबैला नगरपालिका –९ भठिहनका […]
न्युज मधेस डेस्क एजेन्सी,२५ असार। श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएका छन् । राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि राष्ट्रपति राज्यपक्षका फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए । बस, […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। देशभर भोली (आईतबार) सार्वजनिक बिदा रहेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) को उपलक्ष्यामा सरकारले भोली सार्वजनिक बिदा दिएको हो । बकर इदको उपलक्ष्यमा मधेश प्रदेश सरकारले शुभकामणा दिनुको साथै वार्षिक क्यालेन्डरमै उल्लेख भए बमोजिम भोली बिदा रहेको जनाएको छ ।
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् । इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो । यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले […]
न्युजमधेस डेस्क सिरहा,२५ असार। सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् । उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क […]
न्युजमधेस डेस्क एजेन्सी,२५ असार। पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ । जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय […]