२६ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

धनुषामा मोटरसाइकल दुर्घटना : चार बालकको मृत्यु, एक घाइते

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]

न्यूजमधेश डेस्क जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद सदस्य नवीन यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै नियन्त्रणमा लिएको हो । एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेकाे […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र। धनुषाको जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा रहेको किराना पसलमा आगजानीबाट लाखौंको क्षती भएको छ। गएराती साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा अज्ञात समुहले आगजनी गरेको स्थानीयहरुले बताउछन् । आगोबाट सम्पूर्ण पसल नै जलेर नष्ट भएको छ । पसल भित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ चैत्र।निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक लाख […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ चैत्र।प्रधानमन्त्रीसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक सार्वजनिक कार्यक्रममा चुनावमा तालमेल नगरे ओली र प्रचण्ड फेरि मिले भने के गर्ने भन्ने प्रश्न गरे। गठबन्धन गर्न नहुने अडान दिँदै आएका नेता डा. शेखर कोइरालासँग मञ्च शेयर गरेका देउवाले सोही कार्यक्रममा आगामी तीनै तहको निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए। पछिल्लो समय मुलुकका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२चैत्र । जनकपुरधाम १६ स्थित पुल्चोकबाट हराएकी बालिका फेला परेकी छन् । उनको अपहरण भएको खुलेको छ । प्रहरीले विदेह नगरपालिका ८ स्थित एक घरमा राखिएको अवस्थामा बालिकाको धनुषा प्रहरीले उद्धार गरेको छ । अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको धनुषा प्रहरीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ चैत्र। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नगरशिक्षा शाखाको संयोजक धनेश्वर यादवलाई पद मुक्त गरेका छ्न। नगरभित्र रहेको समुदायिक विद्यालयका कर्मचारीहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा सँयोजक (प्रमुख) धनेश्वर यादवलाई पदबाट हटाएका छन् । मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सँयोजकको पदबाट […]

न्यूजमधेश डेस्क सर्लाही ,११ चैत्र। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन्। घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रदेश २, ०३ ००१ त […]