न्यूजमधेश डेस्क मिर्चैया ,१७ चैत्र।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। महिला जनमत संघ सिरहाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जसपा सिरहा जिल्ला सदस्य समेत रहेका अमृती देवि यादवकी नेतृत्वमा दर्जनौं महिला नेत्रीहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। उनिहरुलाई महिला जनमत संघ सिरहा अध्यक्ष गंगा देवी यादव फुलमाला […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ चैत्र।वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ। कर्णाली प्रदेशकै ठूलो […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ चैत्र ।यो अलि अगाडिको प्रसङ्ग हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश भइसकेका एक जना व्यक्ति यतिबेला भारतका सन्यासी जीवन बिताइरहेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर, पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहेका छन्। २०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि न्यायालयको बागडोर दामोदर शर्माले सम्हालेका थिए। उनकै […]
नयाँ दिल्ली ,१९ चैत्र। भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई छोपिएको त्रिपाल च्यातिइसकेको थियो । रेलका कतिपय पार्टपूर्जामा खिया लागिसकेको थियो । शनिबार भने त्यही रेललाई रंगीचंगी फूलले सजाइयो । सजाइएको यही रेलको शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । पूर्वी धनुषाको कमला नगरपालिकास्थित जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते भएका छन् । कमला नगरापालिका- २ सराबे टोलस्थित राम शरण मण्डलको छोरा रामनारायण मण्डलले स्थानीय जगत मण्डललाई टाउकोमा प्रहार गर्दा गम्भिर घाईते बनेका छन् । गत मँगलबार राती करिब ९ बजेको समयमा आफ्नो पैसा माग्न जाँदा वडासदस्य रामनारायण सहित उनका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र। २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ। १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ चैत्र। तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध […]