न्यूजमधेश डेस्क काठमाडौं,११ चैत्र । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् । आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र […]
न्यूजमधेश डेस्क काठमाडौं,११ चैत्र । मधेसको टन्टलापुर घाममा बिहानैदेखि पसिना बगाएर सयौं युवा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि लामबद्ध छन्। प्रहरी कार्यालयसँगैको तिरहुतिया गाछि मैदानमा उक्त भिडियो हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै ठूलो मेला लागेको छ। लाइन बस्दा पटक–पटक झगडा, गालीगलौंच र धक्कामुक्की हुनु सामान्य जस्तै भएको छ। प्रहरी कर्मचारीबाट बेला–बेलामा लाठी र झापड पनि […]
न्यूजमधेश डेस्क महोत्तरी ,११ चैत्र।महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् । कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान […]
न्यूजमधेश डेस्क काठमाडाैं,११ चैत्र। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्। शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन्। सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,१० चैत्र । राजपरिवारको वंश विनासपछि संग्रहालयमा अनुवाद भएको नारायणहिटी दरबारको २७ वर्षपछि रंगरोगन र मर्मत सम्भार भएको छ । अधिराजकुमारी श्रुति शाहको विवाह यता दरबारको कुनै मर्मत सम्भार नभएकोमा अहिले भने सजावट र मर्मतमा ध्यान दिन थालिएको हो । कोभिडको संक्रमण घटेसँगै आन्तरिक पर्यटकको आकर्षण बन्दै आएको दरबार संग्रहालयमा त्यसको ऐना देखिन्छ […]
न्यूजमधेश डेस्क काठमाडाैं,१० चैत्र । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र।मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ । मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक […]
न्यूजमधेश डेस्क सिरहा ,१० चैत्र। वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिरहा जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् । तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही […]