२७ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पूर्व अफगानी अर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँछन्

न्यूजमधेश डेस्क काठमाडौं,६ चैत्र । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठिक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो । त्यसको छ महिना पछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर चलाइरहेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,४ चैत्र । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा जेठ १६ गतेदेखि सुरु भएर जेठ २५ गते सकिने छ । परीक्षा बिहान ११ बजेदेखि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ चैत्र । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् । पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ […]

न्यूजमधेश डेस्क महोत्तरी, ३ चैत्र। मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो । मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा […]

न्यूजमधेश डेस्क कपिलवस्तु,२ चैत्र। जिल्लाको कृष्णनगर नगरपालिका–१२ नरैनापुरमा भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ब्रोइल कुखुराका चल्ला नष्ट गरिएको छ । विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो । बरामद गरिएको चल्लाको मूल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत देखिएको छ। भारतले १५ दिनमै पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँले बढाएर पठाएपछि इन्धन झनै महंगिने भएको हो। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी नेपालमा बेच्ने गर्दछ। आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार आफूले बेच्ने भाउ तय गरी निगमलाई १५–१५ दिनमा नयाँ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको […]

सिरहा: सिरहाको औरही गाउँपालिकामा पर्ने गागन नदी पुल नजिकै बाट एक जना स्थानीयको मोटरसाइकल लुटिएको छ। औरही गापा वार्ड न.१ दरहिया निवासी लालबहादुर यादवको स.६ प – ७ नम्बरको अपाचे गाडी हिजो राती आठ बजे ५ जनाको हथियार धारी समुहले लुटेको जनाइएको छ। साझ सात बजे घरबाट नजिकै रहेको आफन्त कहाँ जान लागेको यादवलाई बिच […]