०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

न्यूजमधेश डेस्क काठमाडौं,५ माघ । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् । अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् । नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल दुई वर्षअघि मात्र कुवेत पुगेका हुन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ । आज ५ माघ, यस दिन मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो पहिलो सहिद भएका थिए । त्यसको सम्झनामा मधेश प्रदेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको छ । बलिदानी दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ । १५ वर्ष पूरा भएको मधेश आन्दोलनमा १०३ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ । धुनषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती महोत्तरीका अमित कुमार पासवानलाई एक समूहले लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली महोत्तरी भंगहा-७ पुगेको थियो । सो क्रममा प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेलसहितको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख […]

न्यूजमधेश डेस्क महोत्तरी,५ माघ । महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो। अहिले घरघरै रुघाखोकीका बिरामी बढेको स्थानीय इस्लाम राइनले बताए। बिरामी भएपछि पीसीआर परीक्षण नहुँदा कोरोना नै भन्ने […]

न्यूजमधेश डेस्क बाँके ,५ माघ । बाँकेमा ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–३ का अध्यक्ष रामचरण थारू ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार एक पत्रकार सम्मेलन गरी प्रहरीले उहाँलाई सार्वजनिक गरेको हो । अन्य तीन जनासँग बसेर सेवन गरिरहेका वडाध्यक्ष थारूलाई रंगेहात पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ४ माघ ।मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश घोषणा गरेको भन्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले आपत्ति जनाएको छ । जनमतका शीर्ष नेताहरुले आठ जिल्लाको मधेशप्रति असन्तुष्टि जनाएका छन् । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले मधेशी सहिदहरुले ८ जिल्लाको मधेश प्रदेशका लागि सहादत दिएका थिएनन् ।समग्र मधेश एक प्रदेशको […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ माघ। कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ माघ । दुबईबाट आएका एक युवकलाई अपहरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी […]