न्यूजमधेश डेस्क जनकपुरधाम ,४ माघ। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । […]
न्यूजमधेश डेस्क काठमाडौं,४ माघ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षले पार्टीको बैठक बोलाउन माग गरेका छन्। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएको कार्यकारिणी सदस्य नवराज सुवेदीले बताए। यादवले बैठक बोलाउन आनाकानी […]
न्यूजमधेश डेस्क धनगढी,४ माघ। कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार बेलुका उक्त घटना भएको हो । हाल जीर्ण अवस्थामा रहेको गोदावरीको पुरानो पुलमा फोटो खिच्न भनी गएको र खसेर घाइते भएको स्थानीय प्रतक्षदर्शीले बताएका छन् । अछामको मंगलसेन नगरपालिका– ५ घर भएका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको कैलाली प्रहरीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम , ४ माघ । दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राखिएको भन्दै जनकपुरमा एक समूहले विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान मधेशको पहिचान र संस्कृती मेटाउन खोजिएको आरोप लगाउँदै युवाहरुको समूहले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले सांसदहरुको पुत्लासमेत जलाएका छन्। प्रदेशको संस्कृती र पहिचान जोगाउनका लागि ‘मिथिला–भोजपुरा’ राख्नुपर्नेमा ‘मधेश प्रदेश’ राखेर प्रदेशका […]
सोम दियाली सर्लाही,४ माघ । केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन बाध्य भएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग, साना व्यवसायीहरु मारमा परेका छन् । विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं,४ माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो । सबै दलका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ माघ। प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको […]
जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर पालिका लगायतका ठाउँमा किसान आन्दोलनकारीहरुले एकाबिहानै देखि मन्त्री रेणु यादवको पुतला दहन सहित बिरोध प्रदर्शन गरिरहेको छ। मन्त्री यादव आज धनुषाको मुख्यापट्टी मुसहरनियाको बैरिया बजारमा पार्टी प्रबेश कार्यक्रममा आउने कार्यक्रम रहेको छ। किसानहरुले आफ्ना हकहितका लागि ११ बुंदे माग सहित महिनौ देखि आन्दोलनरत रहे पनि सरकार नसुनेकोले किसानहरु संघीय मन्त्रीहरुको […]