०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

राजपाका सर्लाही अध्यक्ष मण्डलको संयोजकमा वर्मा

मनोज यादव सर्लाही ,३० फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ । वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको अध्यक्ष मण्डलका सदस्य रामरिख यादवले जनाएको छ […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२९फाल्गुण। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ । सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश […]

परबिन पण्डित जनकपुरधाम,२८ फाल्गुण। रङ्गहरुको पर्व होली आज धुमधामका साथ जनकपुरधाममा मनाईंदैछ । हिमाली,पहाड जिल्लाहरुमा मंगलबार ,जनकपुर बाहेक तराईका जिल्लाहरुमा हिजो होली मनाईएको छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।वसन्त […]

परबिन पण्डित जनकपुरधाम,२८फाल्गुण।धनुषा जिल्लाको हसपुर नगरपालिका वडा नं.५ स्थित सुगा निकाशका श्री राम वलि सादाले बिगत ३ वर्ष देखि कतारमा कोमामा परि अहिले घर फर्केका छन्। सादाले परिवारको सपना साकार बनाउने सपनाहरु मनमा सजाउदै, घरमा पत्नी सोभा देबि र २ओटा छोरा एक छोरी छोडेर बिदेशिएका सादा कोमामा परि आफ्नो घर फर्किदा पारिवारिक जीवन धेरै दु:ख […]

न्यूजमधेश सम्बादाता काठमाडौं ,२८ फाल्गुण। फोब्र्सले जारी गर्ने अर्बपतीको सूचीमा रहेका नेपालका व्यवसायी विनोद चौधरीको यसपटक भने सम्पत्ति घटेको छ । फोब्र्सको अर्बपतिको सूचीमा प्रवेश गरेदेखिनै सबै वर्षमा सम्पत्ति बढाउन सफल चौधरीको सम्पत्ति यो वर्ष ३० करोड अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँले घटेको हो । फोब्र्सका अनुसार हाल चौधरीसँग १ अर्ब ४० करोड […]

मनोज मोरबैता जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टी गौशाला नगरपालिकाको कार्य समितिद्वारा मधेशी होलि मिलन तथा शुभकामना समारोह सम्पन्न भएको छ। मंगलबार जनमत पार्टी महोत्तरी जिल्ला संयोजक सदस्य बिरेन्द्र महतो ( जीवन त्यागी )को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टी संस्थापक तथा केन्द्रिय सदस्य एस एन मण्डलले आसन ग्रहण गर्दै उनले कार्यक्रममा होलिको […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२७ फाल्गुण। हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील छन । वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने […]

परबिन पण्डित जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गिय संगठन युवा जनमत संघ र विद्यार्थी जनमत संघ धनुषाको संयुक्त आयोजनामा मधेशी होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ। युवा जनमत संघ धनुषाका अध्यक्ष मनोज बिद्रोहीको अध्यक्षतामा पार्टीको धनुषा जिल्ला कार्यलयमा भएको कार्यक्रमको प्रमुख अतिथी जनमत पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण […]