१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

६७ वर्षीय ज्येष्ठ नागरिकको हत्या प्रयास, आरोपित पक्राउ

न्यूजमधेश सम्बादाता राजविराज ,२ चैत्र । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ […]

न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२ चैत्र। ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी लक्ष्मीनिया र प्रहरी चौकी बटेश्वरद्धारा ५ सय लीटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ र तयारी मदिरा २ सय लीटर शनिबार नष्ट गरिएको छ । प्रहरीले धनुषाको विभिन्न स्थानमा रहेको अवैध रुपमा संचालन घरेलु मदिरा भट्टीहरुबाट मदिरा बनाउने १ थान मेसिन, कच्चा पदार्थ राख्ने खाली ड्रम […]

न्यूजमधेश सम्बादाता कैलाली,२ चैत्र। कंचनपुरको दक्षिण भेगमा संयुक्त सीमा टोलीले नेपाली भूमिमा गाडेको सीमा स्तम्भ स्थानीयवासीले तोडेका छन्। नेपाल भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा भर्खरै राखेको ७८३ र ४ नम्बर पिल्लर स्थानीयवासीहरूले हतौडा र ढुंगा प्रहार गरी भत्काइदिएका हुन्। नयाँ सर्भेको क्रममा सीमा स्तम्भ गाडेर नेपाली लालपुर्जा रहेको जमिन भारततर्फ पारिएको […]

न्यूजमधेश सम्बादाता काठमाडौं,२चैत्र। उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् । […]

रंजित चौरसिया वीरगंज,२ चैत्र।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक […]

रंजित चौरसिया बीरगंज,२ चैत्र। विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी चैत्र ८ शनिवार देश भरी हिन्दू परिषद नेपालले बिशेष हवन पूजन कार्यक्रम गर्ने भएको छ। बीरगंज लिकरोड़ स्थित रानीपोखरी होटलमा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बैठकमा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, […]