वीरगन्ज । पर्साको वीरगन्जमा एक युवकको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेटस्थित खुला चौरमा एकजना युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत देखिएको छ। आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले […]
जनकपुरधाम ।मधेस सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । आज विहान जनकपुरधामको सहिद गेटमा पुगेर वन मन्त्री साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका हुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा प्रदेश प्रमुखले त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । साह मन्त्रीमा नियुक्त […]
जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ। अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग […]
काठमाडौं । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन् । आज जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा संचारकर्मीसंग छलफल तथा भेटघाटमा मुख्यमन्त्री सिंहले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई कार्यविधि बनाएर विस्तारै हटाउने उनले बताए । उनले मधेस प्रदेश सरकारले […]
जनकपुरधाम ।जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अधिकांश तर्क र समाचार भ्रमपूर्ण रहेको बताएका छन् । उनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले मुख्यमन्त्री सम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आकलन, सम्भावना वा […]
जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको सिफारिसमा नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनमतका त्रिभुवन साह वन तथा वातावरण मन्त्री र सकिल मिया विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी दुवै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । मन्त्री बनेका साह सिरहा ४(१) र मिया […]