०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

सिडिओको आदेशलाई अटेर गर्दै ढुवानी संघका अध्यक्ष साह

जनकपुरधाम ।कार्यकाल समाप्त भएको ६ महिना वितिसक्दा समेत जनकपुर अंचल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्विकार गर्दै आएको तथ्य फेला परेको छ । पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्ष समेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिन भित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गरेका छन् । शुक्रवार नियुक्त भएर शपथग्रहण गरेका मुख्यमन्त्री सिंह राति गृहजिल्ला सप्तरी पुगेका थिए । गएराती नै छिन्नमस्ता भगवतीको मन्दिर पुगेर पूजापाठ गरेका हुन् । उनले आफ्नो कार्यकाल सफलताका लागि छिन्नमस्ता भगवतीबाट आशिर्वाद लिए । मुख्यमन्त्री सिंह शुक्रवार […]

पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा राजनीतिक कार्यकर्ता र नेताहरुका लागि आफ्नो विचार व्यक्त गर्ने र चर्को बहस गर्ने रणभूमि बनेको छ । फरक विचार राख्नु लोकतन्त्रको स्वाभाविक र स्वस्थ पक्ष भए पनि ती विचार व्यक्त गर्ने तरिका चिन्ताको विषय बनेको छ । “असभ्यता, अधैर्यता, हतोत्साहित र राजनीतिक संस्कारको अभावको संस्कृतिले कब्जा गरेको छ, […]

जनकपुरधाम ।संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर- १४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय […]

जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् । शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् । मधेश प्रदेश सरकारमा पहिलो […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् । पद तथा गोपनियताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए । उनले भने, ‘अहिले कोलेब्रेशनको […]

जनकपुरधाम ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी छन् । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीमा […]

जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश […]