३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

सेवाग्राहीलाई थर्काएर झन् पीडित बनाउदैँ इन्सपेक्टर यादव

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए । पूजापश्चात् राष्ट्रपति पाैडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक […]

जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् । आज बिहान ९ बजे राष्ट्रपति पौडेल जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता […]

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् । आज बिहान ९ बजे उनी जनकपुरधाम आउन लागेका हुन् । राष्ट्रपति पौडेल जनकपुरधाम आएलगत्तै जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । […]

जनकपुरधाम ।मधेश प्रदेशका राजधानी जनकपुरधाममा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका समाजसेवी युगल किशोर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छ्न। आइतबार राती समाजसेवी चौधरी नेपाल सरकारका संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहको जनकपुरधामस्थित निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन। उनलाई मन्त्री साहले फुलमला र टीका लगाएर पार्टीमा स्वागत गर्दै मन्त्री साहले पार्टीको […]

जनकपुरधाम । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह गाउँ पुगेकी संधिय मन्त्री अनिता साहले समग्र विकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छन् । जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सवैला […]