३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

मधेसमा सिटिईभीटीको लापरबाही : दलित कोटामा बाहुन र मुस्लिम कोटामा पासवानलाई छात्रवृत्ति !

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभीटी) मधेस प्रदेशले गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले संचालनका गरेको निःशुल्क छात्रवृत्तितर्फको परिक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो । प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ । त्यस्तै […]

काठमाडौं ।बुधबार स‌ंसद्‌मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ। राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन तथा कसैका निम्ति भोट वा चन्दा माग्न निषेध गरिएको हो। यदि यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै […]

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् । साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ […]

वीरगन्ज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना घाइते भएका छन्। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्। वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह […]

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनले रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सुचना सार्वजनिक गरेका छ्न। मन्त्रालयले आइतबार दिउँसो ३ बजेर नौ मिनेट ४७ सेकेन्डमा मोफागा डट जीओभी डट एनपीमा एउटा रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सूचनामा अपलोड गरेको हो । सात दिने अर्थात् २०८० भाद्र […]

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको बिहान करिब साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका […]

काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। संतोष  राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सहसंयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सहसचिवमा नितु पटेल,बिमल साह,राम […]