२० साउन २०८२, मंगलबार
05-08-2025 , Tue
×

मिनबहादुर धरौटीमा रिहा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका नेताहरू सहभागी थिए । छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा […]

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले गरिबी निवारमा […]

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

काठमाडौं । करिब ६० किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीसँग सुन तस्करको सेटिङ पुष्टि भएको छ । अनुसन्धानको क्रममा तस्करलाई सघाएको खुलेपछि प्रहरीले थप तीन भन्सार कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । […]

जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]