३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

सर्लाहीमा भाइरल ज्वरोका बिरामी बढे

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

काठमाडौं । करिब ६० किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीसँग सुन तस्करको सेटिङ पुष्टि भएको छ । अनुसन्धानको क्रममा तस्करलाई सघाएको खुलेपछि प्रहरीले थप तीन भन्सार कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । […]

जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले यस वर्षको हरितालिका तीजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेका छन । आगामी असोज १ गतेको हरितालिजा तीज पर्वलाई मध्यनजर गर्दै उहाँले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेका हुन। शनिबार काठमाडौंमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै युवाहरु विरोध गर्दै सडकमा उत्रिएको छ। शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मधेशका राजधानी जनकपुरधामको भानु चौकमा सडकमा गुडेका सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीलाई बुजाएको छ । आज देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदीने राष्ट्रिय युवा संघ नेपालका […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

बर्दिया । शुक्रबार राती बाँकेको शमशेरगञ्जमा भएको बस दुर्घटनामा परि बर्दिया ठाकुरबाबाका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । २९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक शुक्रबार राती करिव ९ बजेतिर राजमार्गमा रोकिराखेको ट्रकमा ग.७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ […]