२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

बाढीपीडितको सडकमा बास

कैलाली ,२५ साउन। सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् ।बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका […]

वीरगन्ज ,२५ साउन । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँ स्थित खानेपानी संस्थानले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको […]

काठमाडौँ ,२४ साउन। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि […]

जनकपुरधाम,२४ साउन । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा […]

महोत्तरी,२४ साउन। महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनमा–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका […]

मलङ्गवा ,२४ साउन । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । […]

जनकपुरधाम,२४ साउन।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज झापा जान लागेका छ्न। झापा जान लागेका जनमत पार्टीको अध्यक्ष डा.राउत बुधबार दमकमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। साथै ,जनमत पार्टीमा प्रवेश गर्न चाहने झापा,मोरंग र सुनसरीका व्यक्तिहरुलाई ९८०४७९३८८० मा सम्पर्क गर्न आग्रहसमेत गरेका हुन।

जनकपुरधाम । जनमत पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अप्रूवल रेटिङ (जनमत संकलन)का लागि मतदान गराउने भएको छ । मतदानका लागि आज मतदाता नामावली सार्वजनिक गरिएको छ । जनमत पार्टीबाट २ प्रमुख, १ उपप्रमुख र १९ वडाध्यक्ष निर्वाचित भएका छन् । जनमतबाट सप्तरीको बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव, सोही पालिकाको उपाध्यक्षमा रेणु यादव र हनुमाननगर […]