काठमाडौं,२६ साउन। शिक्षा विधेयकको विरोधमा उत्रिएका निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका हुन् । उक्त विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । विद्यालय […]
काठमाडौं,२६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए। […]
काठमाडौं,२६ साउन। एनआईसी एशिया बैंक लिमिटेडले तीन कर्जा योजना सार्वजनिक गरेको छ। बजारको मागअनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको बैंकले आफ्ना लाखौं ग्राहक समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा योजना सार्वजनिक गरेको हो । ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ […]
काठमाडौं,२६ साउन। सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो। गौर हत्याकाण्डका पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले घटना छानबिन गर्ने सम्झौता गरेको थियो। सरकारले पीडितसँग हत्याकाण्डको छानबिन गर्ने सम्झौता गरेपछि जसपा उक्त घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न […]
जनकपुरधाम,२६ साउन।लगातार वर्षाको कारणले आएको बाढीबाट प्रभावित भएका क्षेत्रहरु मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले अवलोकन गरेका छ्न। मन्त्री सिंहले बिहिवार सर्लाही जिल्लाको बागमती नदि गरेका कटान तथा बलरा नगरपालिकासहित विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छ्न। बाढीप्रभावित क्षेत्रका सर्वसाधारणहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै उनिहरुको समस्या बुझिएको छ।
काठमाडौं,२६ साउन। प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन […]
सुनसरी ,२५ साउन।सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्। इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्। प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको […]
काठमाडौं, २५ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन्। उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]