काठमाडौं ,२३ साउन । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनतामाथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष डा. राउतले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताए । उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध […]
जनकपुरधाम,२३ साउन । कमला नदिमा पानीको सतह बढेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर मंगलबार बिहान ११ बजे कमला नदी,बेलसोत उदयपुर जलमापन केन्द्रले जलसतह सतर्कता तह पार गरेकोले कमला नदि आसपास क्षेत्रमा खतरा हुनसक्ने भएकोले सुरक्षित स्थानमा रहन आग्रह गरेका छ्न। जल […]
काठमाडौँ,२१ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाको रौतहट कार्यसमिति सदस्य नेता यादव आजै जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए । सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले […]
काठमाडौं,१९ साउन। डा.सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका […]
जनकपुरधाम,१९ साउन। निर्माण व्यवसायी संघका सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी संघ सप्तरी जिल्ला अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन।अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका […]
काठमाडौं। जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो । पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको […]
काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा सिके राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए […]
काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेका छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]