२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

श्रम तथा यातायात मन्त्री सिंहद्वारा बाढी प्रभावित क्षेत्र अवलोकन

जनकपुरधाम,२६ साउन।लगातार वर्षाको कारणले आएको बाढीबाट प्रभावित भएका क्षेत्रहरु मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले अवलोकन गरेका छ्न। मन्त्री सिंहले बिहिवार सर्लाही जिल्लाको बागमती नदि गरेका कटान तथा बलरा नगरपालिकासहित विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छ्न। बाढीप्रभावित क्षेत्रका सर्वसाधारणहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै उनिहरुको समस्या बुझिएको छ।

काठमाडौं,२६ साउन। प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन […]

सुनसरी ,२५ साउन।सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्। इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्। प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको […]

काठमाडौं, २५ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन्। उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]

झापा,२५ साउन । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको बेघेखोलामा […]

काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल […]

राजविराज,२५ साउन ।सप्तरीको सदरमुकाम राजविराजमा रहेको राजरंगशाला वर्षौंदेखि जिर्ण अवस्थामा रहेको छ।राजविराज नगरपालिका- ७ मा रहेको राजरंगशालाको नयाँ रुप दिनको लागि मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले कदम चालेका छ्न। मन्त्री यादवको विषेश पहलमा मधेश प्रदेश सरकारको सहयोगमा रंगशालाको मर्मत सम्भार गरी नयाँ रुप दिन तयारी थालेका छ्न।सप्तरी जिल्लाको एक मात्र […]

जनकपुरधाम,२५ साउन । मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् । मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए । एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।धनुषा/महोत्तरी […]