१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मधेश विशेष

वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न रौतहटको गौर आउँदै डा.सीके राउत

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् । रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन। जनमत पार्टी रौतहटले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम विहान ११:३० बजेदेखि सुरु हुने जनमत पार्टीका युवा नेता संजय यादवले […]

लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न । १६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो । सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक […]

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन् । ‘चोर सरकार’ भन्दै उनले आक्रोश पोखेका छन् ।

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा […]

झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ। नागरिकतामा बाबुको […]

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]

जनकपुरधाम ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन प्रती समवेदना प्रकट गरेको छ। वरिष्ठ पत्रकार नेपालीको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको शिक्षा मन्त्री यादवले बताएका छन् । उनले राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपालीको शोकाकुल परिवारजनमा धैर्य […]

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो । सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ […]