२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेश विशेष

मुख्यमन्त्री यादवले एकलौटी निर्णय गर्दै शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटायो

जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले एकल निर्णय गर्दै मन्त्रालय फुटाएको छ।जनमत पार्टीको भागमा परेको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई मुख्यमन्त्री यादवले एकल निर्णय गर्दै फुटाउने कार्य गरेको छ। शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएको छ।भने,अर्को शिक्षा तथा सांस्कृतिक मन्त्रालय नाम दिएको छ। जसबाट मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले शनिवार आयोजना गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको सम्मान तथा बिदाई समारोहमा उनले उत्पादन लागत पनि उठने गरी मूल्य नपाएपछि किसानहरु निराश भएको बताए […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

जनकपुरधाम । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह गाउँ पुगेकी संधिय मन्त्री अनिता साहले समग्र विकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छन् । जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सवैला […]

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]