१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मधेश विशेष

जनकपुरधाममा नेता महतोलाई कालो झण्डा

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुस । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस।अंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अंग्रेजसँगको लडाइमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार संकलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस।डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन सांस्कृतिक जनमत संघ धनुषा गठन भएको छ। शनिबार जनकपुरधाम स्थित गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच सांस्कृतिक जनमत संघ धनुषा बिवेक कुमार राउतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति गठन गरिएको छ। सो कार्यसमितिको उपाध्यक्षमा रंजिता कुमारी साफी ,शंक्कर सहनी ,सचिवमा शिव कुमार साह,सह-सचीवमा […]

न्यूजमधेश डेक्स जनकपुरधाम ,२२ मंसिर । ‘राहत’ योशब्द आफैंमा संवेदनशिल छ । किनभने राहत शब्द भनेको कमजोर व्यक्तिलाई दिने र कमजोर व्यक्तिले पाउने कुरा हो । तर, धनुषाको शहीद नगरपालिकामा राहतकै बिषय लिएर हंगामा भएको छ । एक जना एनजिओले राहत बितरण गर्दा विवाद भएको छ । र, विवाद गाउँदेखि सदरमुकामसम्म आएको छ । नाम […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ मंसिर । जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा […]

न्यूजमधेश डेस्क सर्लाही,१० मंसिर । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ मंसिर ।आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अघ्र्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ मंसिर। चार दिनसम्म मनाइने सूर्य आराधनाको महापर्व छठको दोस्रो दिन बिहिबार घरघरै उमंगकासाथ ‘खरना’ पुजाको तयारी हुँदैछ । ब्रतालुले पहिलो दिन बुधबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी ब्रत सुरु गरेका हुन् । यो विधिलाई ‘अरबाअरबाइन’ वा ‘नहा खा’ भनिन्छ । यसपछि पूर्णरुपले उपवासमा रहेका ब्रतालुले दोस्रो दिन बिहिबार परिवारजन एवं […]