१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

मनोरञ्जन

जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

न्युजमधेस डेस्क जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा […]

न्युजमधेस डेस्क जनकपुरधाम, २८असार। सम्झौता अवधि सकिनु ३ महिना अगाडि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भएको हो । बागमती प्रदेश भौतिक […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। साेमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश […]

न्युजमधेस डेस्क २८ असार, राशिफल। आज २०७९ साल असार २८ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं. १२ रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि. परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बिधालयलाई हरियाली बनाउने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन बिधालय वरिपरि बृक्षारोपण गरिएको तथा  बिधालयको वातावरणलाई हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको बताएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। निवर्तमान  मन्त्रीहरूले  सरकारी  आवास  गृह  छाड्दा आवासका सामान घरतिर लिएर गएको पाइएको  छ । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा  राखिएका  भाँडाकुँडा,  पर्दा,  पङ्खा,  टेलिफोन  सेट,  प्रिन्टर,  वासिङ  मेसिनलगायतका  सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]