१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकिकृत समाजवादी)

न्यूजमधेश डेस्क सिरहा ,२३ भाद्र । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् । त्यसैगरी सर्लाहीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ। सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ । पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् । सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । जसपाले मधेशको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो । नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर […]

न्यूजमधेश डेस्क झापा ,२० भाद्र । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् । […]