०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

चार पुस्तापछि बल्वावासीलाई लालपुर्जा

रञ्जन भण्डारी महोत्तरी,१२माघ।लालपुर्जा हातमा पर्दा महोत्तरीको बल्वा नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय माधो मण्डलको खुसीको सीमा रहेन । उनले लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए । उनले वर्षौँपछि लालपुर्जा पाएका थिए । त्यही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ११ माघ । प्रदेश २ का भूमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री शैलेन्द्र साहले पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताएका छन् । शनिवार जनकपुरधाममा पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री साहले सबै वर्गले आरक्षण पाउनुपर्ने बताएका हुन् । उनले जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै […]

कमलेश ठाकुर जनकपुरधाम ,१० माघ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ गौरीपुरका देवकिशुन कामती छोरीको विवाह गर्न पैसा खोज्न थाले। छोरी विवाहको कुरा भइसकेकाले पैसाको जोहो गर्न कामतीलाई हम्मे हम्मे पर्न थाल्यो। गणेशमान चारनाथका साहु सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी समुन्द्री देवी ऋण दिन उनले आग्रह गरे। साहुले पैसा […]

न्यूजमधेश डेस्क काठमाडौं,१ माघ। थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस।अंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अंग्रेजसँगको लडाइमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार संकलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले […]

राजकरण महतो जनकपुरधाम ,२५ पुस।खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ। आमा चन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन्। ‘चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फूलजस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए। […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन। यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १४ पुस। मुख्यमन्त्री लालबाबु राउतले बन अतिक्रमणमा संलग्नहरुलाई तत्काल कारबाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज बर्दीवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले विभिन्न वाहानामा भई रहेको वनअतिक्रमणलाई तत्काल रोक्न एवं अतिक्रमणमा संलग्नहरुलाई कारबाई गर्न मन्त्रालयका […]