१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

स्वास्थ्य

छ वर्षकी बालिकाले जितिन् कोरोना

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । आइसोलेशनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री प्रदान गरिएको छ । अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट सामग्री प्रदान गरेको छ । प्रति व्यक्ति च्यवनप्राश ५०० ग्राम, चनाको सतुः २ किलो, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक […]

मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाकार पत्रकार वीरेन्द्र रमण कोरोना जितेर आज डिस्चार्ज भएका छन् । संचारकर्मी रमण गत वैशाख ३१ गतेको संक्रमण देखेपछि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको थियो। उनी पहिला देखि नै मुटु रोगका बिरामी समेत थिए । रमणसँगै प्रदेश २ मा […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१४ जेठ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ जेठ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गर्नुभएको छ । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर […]