२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

स्वास्थ्य

डेंगो नियन्त्रणको लागि विद्यालय केन्द्रित कार्यक्रम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ। पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक […]

राजबिराज। देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिदै गर्दा सप्तरीमा थप एक जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुका कारण अहिलेसम्म सप्तरीमा ७ जना संक्रमित भएका छन् । पछिल्लोपटक राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगुको संक्रमण देखिएको हो । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण […]

विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, […]

सुमित मिश्र ,जनकपुरधाम।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै धनुषाको टिल्हीमा हनुमान अराधना र यज्ञ आयोजना गरिएको छ । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि दुई पटकमा गरी करिब एक महिनासम्म सिंगापुरमा उपचार गराएर फर्केका ओलीको दिर्घायु र स्वास्थ्य लाभका लागि धार्मिक कार्यक्रम आयोजना गरिएको नेकपा नेता गंगाराम यादवले बताए । उनले गाउँलेको अनुरोधपछि धार्मिक कार्यक्रम […]

जनकपुरधाम।संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रममा रहेका वृद्धाहरुको शनिबार स्वास्थ्य परिक्षण गरेको हो। व्युटिसियन एसोशिएसन धनुषाले शनिबार विहान आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गर्नुभएको हो ।स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा […]

अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ । नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो […]

जनकपुरधाम।धनुषाको जनकनन्दनी गाउपालिका वाड .४ खजुरीमा कुटपिट पछि घाइते भएका जयनाथ पंडीतको अवस्था नाजुक वन्दै गएको छ । कुटपिट पछि जनकपुर अंचल अस्पतालमा भर्ना भएको पंडीतलाई अस्पतालले भरतपुर अस्पतालमा रेफर गरेको थियो । भरतपुर अस्पतालमा उपचाररत पंडीतको विहिवार देखि नै अवस्था गम्भीर वन्दै गएको चिकित्सकहरुले वताएका छन । भरतपुर अस्पतालका चिकित्सक डा.एनमैयायाका अनुसार टाउको मा […]

जनकपुरधाम।गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ । धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएका छन । आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते […]