१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

खेलकुद

फ्रान्स विश्वकपको सेमिफाइनलमा

न्यूजमधेश डेस्क काठमाडौँ, २५ मंसिर ।फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ। पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् । आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र साविक विजेता भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ। नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले उपाधि जितेको थियो। समूह चरणमा नेपाल […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ श्रावण । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातर हार बेहोरेको छ। शनिबार ब्रेन्टफर्डको मैदानमा सम्पन्न खेलमा युनाइटेड ४-० ले पराजित भएको हो। खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १८औं मिनेटमा माथिअस जेन्सनले अग्रता दोब्बर पारे। ३०औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको […]

न्यूजमधेश डेस्क काठमाडौं,३ श्रावण । स्वदेशमा जागिर नभएपछि २०–२२ वर्षको उमेर विदेशिन वाध्य छन् नेपाली युवाहरु । घरपरिवार र सानो टुक्रा जग्गाको लागि पैसा बचत गर्ने भन्दाभन्दै उमेर ४० कटिसक्छ । त्यसपछि बल्ल फर्किन्छन् नेपाल । लामो समय विदेशमा बस्ने युवायुवतीले विशेष ख्याल नगर्ने हो भने विदेशमा बगाएको पसिना खेर जान सक्छ । ४० वर्ष […]

न्यूजमधेश डेस्क काठमाडौं,७ असार। मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘बी’मा रह‍ँदै शीर्ष स्थानमा रहेको छ। नेपाल समूह विजेता बन्न चाहन्छ। […]