०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

स्वास्थ्य

विपन्नलाई रामजानकीले गरे निःशुल्क उपचार

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ पुस । जनकपुरधाम उपमहानगरपालिकास्थित रहेको राम जानकी अस्पतालले विपन्नको निःशुल्क उपचार गरेर घरपठाएका छन् । लोहरपट्टी नगरपालिका–४ खुट्टा पिपराढीका जय सादाको श्रीमती बिमला सादालाईकरिव एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरी शनिबार घर पठाएका हुन् । बिमलालाई व्यथा लागेपछि मंशिर ७गते अस्पताल भर्ना भएका थिए । उपचारमा संलगन चिकित्सक डा. शैलेन्द्र यादवको […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ पुस । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरे । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम […]

न्यूजमधेश डेस्क सप्तरी ,२९ मंसिर ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ मंसिर । शहीद नगरपालिकाको वडा नम्बर ८ बिसरभोरामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । वडाका अध्यक्ष तनुकलाल यादवले एक कार्यक्रमकाबीच बिसरभोराका सानो टोलका उक्त अस्पतालको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै वडा अध्यक्ष यादवले यो अस्पताल निर्माण भएपछि यस नगरपालिका क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा […]

न्यूजमधेश डेस्क राजविराज ,१५ मंसिर ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गर्नुभयो ।विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो । सो अवसरमा प्रमुख […]

श्रवण देव जनकपुरधाम,३० कार्तिक । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ । आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम […]

न्यूजमधेश डेस्क धरान ,२३ कार्तिक ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक […]

न्यूजमधेश डेस्क विराटनगर,२३ कार्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र […]