२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्वास्थ्य

मेयर कल्याणकारी कोषद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

संतोष रन्जितकार वीरगंज, २३ मंसिर ।मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो । उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन […]

न्यूज मधेश समाचारदाता कोहलपुर ,२२ मंसिर।ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, २० मंसिर ।पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको […]

मनोज बनैता, लाहान।सिरहाको लहान स्थित पशुपति आदर्श उच्च- मा. वि को प्राङ्गणमा आयोजित टि-२० क्रिकेट प्रतियोगितामा लाहान मनोकामना र शारदा स्कुल बिहीवार फाईनलका लागि भिडने छन । लाहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरसिपमा संचालित स्कुल स्तरीय टि – 20 क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनल खेलमा श्री शारदा नमुना स्कुल […]

न्यूजमधेश,जनकपुरधाम।रामसिता विवाह महोत्सव सम्पन्न हुन लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह जानकी मन्दिर सरसफाइमा जुटेका छ्न। महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर […]

न्यूज मधेश,वीरगंज।भोलन्टियर समूह बिरगंजको समन्वय एवं एनिमल ईकुवालिटीको आयोजनामा गढिमाइ मेलाको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित देवकी धर्मशालामा भएको रक्तदान कार्यक्रममा भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको […]

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ । सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो । पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा […]

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो । सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop […]