०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

स्वास्थ्य

मदिरा सेवन गरेका सशस्त्र प्रहरीका जवानको गाडीले ठक्कर दिदा धनुषामा एक बालक गम्भिर घाईते

गोविन्द ठाकुर, जनकपुरधाम। धनुषाको बिदेह नगरपालिकामा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन । घाईते हुनेमा बिदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने नन्दकिशोर मंडलका ११ वर्षीय छोरा प्रशान्त कुमार मंडल रहेको बताइएको छ । मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको ज ९ प २८७३ नंं. मोटरसाईकल अनियन्त्रित भई उक्त […]

अर्जुन साह, जलेश्वर ।लोहारपट्टी नगरपालिका वाड नम्बर .४ मा नेपाल सेनाद्वारा सर्प टोकेपछी ज्यान कसरी बचाउने सम्बन्धमा जनचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ। नेपाल सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिद्वारा स्थानीय व्यक्तिहरुलाई एक ठाउमा जम्मा गरेर सर्प टोकेपछि तत्काललै कसरी उपचार गर्ने विषयमा जानकारी दिएको सेनाको कमान्ड दिनेश थापाले जानकारी दिएको छ। थापाले भने कुनै […]

कुलदिप दास (प्रेम),जनकपुरधाम ।आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहलाई जिल्ला युवा संजाल धनुषाको समन्वयमा एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेका हुन। ब्लड क्यान्सरलाई जितेर अाफु र अफ्नाे डेढ महिनाकी छाेरीलाइ बचाउने चाहना राखेकी पिंकीलाई एन्टाले अष्ट्रेलियामा चन्दा संकलन गरेर ११४८ अष्ट्रेलियन डलर सञ्जालको समन्वय गरेर सहयाेग […]

जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ। सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु […]

मोहन सदा , जनकपुरधाम ।लगातार वर्षापछिको विनाशकारी बाढीबाट पीडित भएको घरपरिवारलाई ऋषिवश एकता सेवा समाज नेपालद्वारा राहत वितरण गरिएको छ। धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको बिहारको सिमामा पर्ने कमला नदिको बाढीले अत्ति प्रभावित जनकनन्दनी गाउपालिका वडा नं. १स्थित रहेको ईनरवनको मुसहरी समुदायको टोलमा ऋषिवंश एकता सेवा समाज संस्थाले शनिबार राहत वितरण गरेका हुन। […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन। केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार […]

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, […]

जनकपुरधाम : नेपालमै पहिलो पल्ट वेट एण्ड ड्राई प्रविधी रहेको ट्रक माउण्टेड रोड स्विपर(व्रुमर) जनकपुरधाम उपमाहानगरपालिकाले गत आइतबार ल्याएको छ। जनकपुरधाम उपमाहानगरपालिकालाई सफा र सुन्दर वनाउने अभिप्रायले ६ टन क्युसिक मिटरको धुलो उठाउने व्रुमर नेपालमै पहिलो पल्ट भारतबाट जनकपुरधाम उपमाहानगरपालिकाले ल्याएको छ । सयपत्री नेपाल इन्टरनेशनल प्रालीले भारतको लुधियानाबाट ल्याएको ब्रुमरले भिजेको माटोलाई समेत बढाल्न […]