२१ मंसिर २०८१, शनिबार
07-12-2024 , Sat
×

अन्तराष्ट्रिय

कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द

न्यूजमधेश डेस्क दोहा ,३० माघ ।कतारमा सामाजिक दूरीलगायतका कोभिड( १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६ ब्यापारिक केन्द्र बन्द गरिदिएको छ । कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल(कतार, […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ माघ । अमेरिकी सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाई अघि बढ्ने भएको छ । अमेरिकी सिनेटमा मतदानमार्फत् उक्त प्रस्ताव संविधानसम्मत रहेको घोषित भएको हो । बीबीसीका अनुसार सिनेटमा भएको मतदानमा पक्षमा ५६ र विपक्षमा ४४ मत खसेको थियो । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा रिपब्लिकनका ६ जनाले मतदान गरेका थिए । हाउस अफ […]

न्यूजमधेश डेस्क नयाँदिल्ली, १३ माघ । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ।भारतको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवस (२४ जनवरी) को अवसर पारेर गोस्वामीलाई एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागेको हो । बीबीसी हिन्दीले यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्ने जनाएको छ । उनी बाल विधानसभामा मुख्यमन्त्रीको […]

न्यूजमधेश डेस्क क्वालालम्पुर ,२८ पुस।मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले कोभिड-१९ लाई रोक्न मंगलबार देशभर आपतकालिन अवस्थाको घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सो आपतकालिन स्थिति अगस्ट १ वा त्यसभन्दा अघिसम्म पनि रहन सक्ने मलेसियन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। अल सुल्तान अब्दुल्लाले भने, ‘कोभिड-१९ को संक्रमण ज्यादै बढेको छ। त्यसैको नियन्त्रणका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० मंसिर। भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिनु भएको हो । आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा […]

न्यूजमधेश सम्बादाता लण्डन ,१३ मंसिर । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी सङ्कटका रूपमा रहेको कोभिड–१९ […]

न्यूजमधेश डेस्क काठमाडौं,६ मंसिर । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ […]