०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्थानीय

बाढी प्रभावित क्षेत्रमा जनमत पार्टीद्वारा राहत वितरण

जनकपुरधाम। डा सीके राउतको नेतृत्व जनमत पार्टीद्वारा लगातार वर्षापछि आएको बाढीले डुवानमा परेका परिवारलाई राहत वितरण गरेको छ। सिरहा र धुनषा जिल्लाको सिमामा पर्ने कमला नदीको बाढीले अति प्रभावित क्षेत्रमा पर्ने सिरहा जिल्लाको सिरहा नगरपालिका वाड न .६ स्थित रहेको बसपिट्टा गाउँमा मिर्चैया नगरपालिकाको केही व्यपारीहरुको सहयोगमा जनमत पार्टी मिर्चैयाका नगर स्वराजीद्वारा राहत वितरण गरेको […]

जनकपुरधाम : नेपालमै पहिलो पल्ट वेट एण्ड ड्राई प्रविधी रहेको ट्रक माउण्टेड रोड स्विपर(व्रुमर) जनकपुरधाम उपमाहानगरपालिकाले गत आइतबार ल्याएको छ। जनकपुरधाम उपमाहानगरपालिकालाई सफा र सुन्दर वनाउने अभिप्रायले ६ टन क्युसिक मिटरको धुलो उठाउने व्रुमर नेपालमै पहिलो पल्ट भारतबाट जनकपुरधाम उपमाहानगरपालिकाले ल्याएको छ । सयपत्री नेपाल इन्टरनेशनल प्रालीले भारतको लुधियानाबाट ल्याएको ब्रुमरले भिजेको माटोलाई समेत बढाल्न […]

  अवधेशकुमार झा,सप्तरी ।पूरै बस्ती जलमग्न भएको पीडित पानीमै पाल टाँगेर बस्न बाध्य छन् । पानीको सतह अझै नघटकाले हजारौं विस्थापित परिवारलाई तत्काल राहत पुर्‍याउन मुस्किल भएको छ । सप्तरी, रौतहट र विराटनगर — शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर […]

प्रीन्स राज झा,जलेश्वर । लगातार वर्षाका कारण महोत्तरीमा दुई बालक नदिमा डुबेर मृत्‍यु भएको छ । केही दिन देखी लगातार वर्षाका कारण महोत्तरीको बजराही नदिमा पानीको बहाब उच्च भएको बेला दुई बालक नदी पार गर्न खोज्दा बाढीले बगाएर दुबै जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर […]

जनकपुरधाम । जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्किएको छ। लगातार एक हप्ताको वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले तटबन्ध तोडेर रेलको लिक भत्काएको छ। धनुषाको पुर्वि जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमला नदिमा बाढी आएपछिको पानीले रेल्वे लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले बताएका छ्न। जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म […]

सिवेन्द्र रोहीता, डुमरीया, धनुषा ।जनप्रतिनिधी र ठीकेदारको चरम लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण अहिले बाढीको चपेटामा परेको छ । कमला नगरपालिका वाडा नं.–८ मा रहेको पुल बाढीले बगाएपछी अहिले खरियानी हथमुन्डा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पुरानो कमला धारमा वर्षेपिछे निर्माण हुने पुल समयमा सतर्क भएको भए यस भेगका जनताहरुले यस्तो मार खेप्नु […]

गोविन्द ठाकुर, जनकपुरधाम । लागातार एक हप्तादेखी जारी रहेको मुसलेधारे वर्षाको कारण धनुषा सहीत देशभरको जनजीवन कष्टकर बन्दै गइरहेको बेला धनुषा जिल्लाको औरही गाउँपालीका वाडा नं.–१ पौडेश्वर स्थित जलाद पुल जोखीमपूर्ण अवस्थामा पुगेको छ । जनकपुर देखी यहुकोहा जाने सहीद पथको अवस्था दैनिय बन्दै गइरहेको छ । जलाद पुल संरक्षणको लागी लगाइएको टटबन्ध पुलको अगारी […]

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बाढि पिडीत धनुषाको कमला नदिको बान्ध लगाइत दर्जनौं गाउँहरु अनुगमन गरेको छ। राउतले आइतबार धनुषाको कमला नदिको पुलको अवस्था बारे बुझदै ।धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोरतहा कमला नदि बान्ध अन्तरगतको सबैला नगरपालिका ,ढोलबाजा,पठेर्वा,सहिद नगरपालिका,कमला नगरपालिकाको हठमुण्डा लगायतको बाढि ग्रस्त क्षेत्रको अवलोकन गरेका हुन । डा राउतले उक्त […]