१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

असारमा बन्द भएको नारायणी नदीको क्रुजसिप पुनः सञ्चालनमा

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप बिहीबारदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा […]

जनकपुरधाम । धनुषामा एक व्यक्ति मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइका अनुसार दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए । उनी […]

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमालेका सचेतक हरिनारायण महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव सर्व सम्मतिले बुधबार पारित भएको छ । सङ्घीयताको विपक्षमा आन्दोलन शुरु भएको बेलामा मधेश प्रदेश सभामा नेकपा एमालेबाट सङ्घीयता सहितको गणतन्त्र बलियो बनाउने विषयको सङ्कल्प प्रस्ताव सबै दल तथा प्रदेश सभाका सदस्यहरूको पूर्ण समर्थनमा […]

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो । १५ दिनको म्याद राखेर गरिएको […]

सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस […]