२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

समाचार

छिटो भन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छाैँ : अध्यक्ष दाहाल

न्यूजमधेश डेस्क धनुषा ,२० भाद्र।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि सोमवार जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो । ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘कार्यदलले आज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । साहका अनुसार यस क्षेत्रबाट नेता […]

न्यूजमधेश डेस्क सिरहा,२० भाद्र।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ । भाद्र १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र।महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकी खत्रीले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छ्न । ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका १६ औं राष्ट्रिय दिवसका अवसरमा माईती नेपाल धनुषाले जनकपुरको जानकी […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र।राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्। नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो। पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन्। गत साउन २७ […]

परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

न्यूजमधेश डेस्क सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए […]