१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

हेल्फ मधेशीका अन्तर्राष्ट्रिय अध्यक्ष ठाकुर बने जनमतको केन्द्रिय सदस्य

जनकपुरधाम,१० साउन।हेल्फ मधेशी संस्थाका अन्तरास्ट्रिय अध्यक्ष पवन ठाकुरलाई जनमत पार्टीको केन्द्रिय सदस्यमा मनोनीत गरेका छ्न। मंगलबार जनमत पार्टीले अध्यक्ष पवन ठाकुरलाई मनोनीत गरेको हो।उनी गैर आवासीय मधेशी संघका सल्लाहकारसमेत रहेको छ। ठाकुर मधेश प्रदेशका सिरहा जिल्ला निवासी हुन।

जनकपुरधाम । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ । स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित […]

जनकपुरधाम,९ साउन।जनमत पार्टीले केन्द्रिय समितीको बैठक बोलाएको छ। जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादले विभिन्न समसामयिक विषयमा छ्लफल गर्नको लागि बैठक साउन १८ गतेको बिहिवार विहान ७ बजेको लागि बोलाएको जानकारी दिए। बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी व्याङक्वेटमा राखिएको जनमत पार्टीले जनाए ।बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिती,राजनैतिक समितीसहित सम्पुर्ण केन्द्रिय समितीको पदाधिकारी तथा सदस्यहरु सहभागी […]

लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने […]

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) […]

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण आजदेखि सुरु भएको छ। काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए। ‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक […]

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार पनि […]

गोलबजार,५ साउन। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका-१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो। सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे […]