बिराटनगर,४ श्रावण। कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा ३ हजार ५ सय १० सवारीसाधन दुर्घटना हुँदा ४ सय १२ […]
जनकपुरधाम ,३ श्रावण। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।तर ,निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । कलकारखानामा स्वदेशी इन्जिनियरलाई […]
राजविराज ,२ श्रावण । सप्तरीको कञ्चनरुप-१२ की एक नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश पोख्रल, दिपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मा छन्। उनीहरुले नाबालिगलाई डरधम्की देखाउँदै असार २९ जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन्। उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन […]
सिरहा,२ श्रावण ।सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा मंगलबार बिहान एक वृद्धको शव भेटिएको छ । लहान नगरपालिका – १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७३ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो। लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीय घोपेन पासवानले […]
सुनसरी ,१ श्रावण। सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । युवतीको एक समूहले अर्को समूहमाथि […]
बाँके,१ साउन । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ […]
राजबिराज,३० असार । पत्रकार चन्दन रजकको नेतृत्वमा संवाद फाउण्डेशन सप्तरी जिल्ला समिति गठन गरिएको छ ।फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सप्तरीमा कार्यसमिति बिस्तार गरेको हो । रजकको संयोजकत्वमा गठीत सप्तरी जिल्लाको सहसंयोजकको जिम्मेवारी रजेश यादव प्राप्त गरेका छन् । सदस्य सचिवमा रेमत मंडल चयन हुँदा सदस्यहरुमा बब्लु रजक, राधे श्याम यादव ,सुरेश […]
जनकपुरधाम,३० असार।पालिकाहरुको कार्य प्रगति विवरण बुझाउनको लागि जनमत पार्टी धनुषाले पालिका पर्यवेक्षकको बैठक बोलाएको छ। बैठक असार ३१ गते आइतबार १२ बजेका लागि बोलाइएको हो। जनकपुरधामको बगलाबाबा धर्मशालामा बस्ने बैठकमा जिल्ला भरीका पालिका पर्यवेक्षकहरुले कार्य प्रगति विवरण बुझाउने र समग्र जिल्लाभरका संगठनको अवस्था के कसो रहेकोबारे छ्लफल हुने जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले जानकारी दिए। […]