२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

मिटरब्याज पीडितले सरकारसँग वार्ता गर्ने, आन्दोलन नरोक्ने

काठमाडौं, १४ चैत। आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताएका छन् । आन्दोलनको संयोजन गरिरहेको सन्तोष दाहालकाअनुसार अब सरकारी वार्ता टोलीसँग वार्ता […]

काठमाडौं ,१४ चैत। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् । डा.राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए । राउतले मिटर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ चैत। जनमत पार्टीले मधेश प्रदेशका धनुषासहित ६ जिल्लामा नयाँ जिल्ला ईन्चार्ज चयन गरेका छन् । शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जारी विज्ञप्तीमा मधेश प्रदेशका ६ जिल्लाको ईन्चार्ज , संयोजक र सहसंयोजक तोकिएको छ । धनुषाको ईन्चार्जमा सुरेन्द्र मण्डललाई चयन गरेको छ।त्यसैगरी ,सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, […]

न्यूजमधेश डेस्क बारा ,९ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ‘मिशन बारा-२’ सुरुवात गरेका छ्न। आज बिहानै बाराको महागढीमाईको मन्दिरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पुजापाठसंगै आशिर्वाद लिएर ‘मिशन बारा-२’ उद्घोष गरेका छ्न। अध्यक्ष डा.राउतले आफ्नो समाजिक संजाल फेसबूकमा ‘स्वाभिमानी वीर योद्धाहरुको यो भुमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन ,यहाँ […]

न्यूजमधेश डेस्क बारा ,८ चैत। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् । उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् । बुधबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै […]

काठमाडौं,८ चैत।काठमाडौंको काठफोर्ड ईन्जिनियर क्याम्पसमा स्ववियु निर्वाचनमा विद्यार्थी जनमत संघका अमर यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस क्याम्पसमा जम्मा ५०१ मत खसेको थिए।त्यसमध्ये १५२ मत प्राप्त गरि विद्यार्थी जनमत संघका यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारी विद्यार्थी संगठनका उम्मेदवार शार्दुल पाण्डेले ११९ मत प्राप्त गरि पराजित भएका थिए। चैत […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत दरबन्दीमा खटाइएका कर्मचारीको विवरण खोजी सुरु गरेको छ । मन्त्रालयले तीन दिनभित्र कर्मचारीको यथार्थ विवरण पठाउन सम्बन्धित सबै निकायलाई पत्राचार गरेको छ । मन्त्रालयले पत्रसँगै सिंहदरबारभित्रका मन्त्रालय, आयोग र निकायमा कर्मचारी खटाएरै विवरण संकलनमा दबाब सिर्जना गरेको छ । मन्त्रालयले सरुवा भएका कति […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत। सरकारले नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हकमा अतिक्रमण गर्ने कानून ल्याउन लागेको छ । टेलिफोन, मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा बनाइसकेको छ । अपराधमा संलग्न व्यक्ति भएमा अदालतबाट अनुमति लिएर कुनै पनि […]