०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन […]

जनकपुरधाम, ९ साउन। मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आयोजित योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उपस्थित जलस्रोत, भूमिगत सिँचाइ र खानेपानी डिभिजन कार्यालयका प्रमुखहरूबाट आएका गुनासो सम्बोधन गर्दै मन्त्री यादवले अधुरा योजनाहरूको विवरण लिखित प्रतिवेदनसहित उपलब्ध गराउन निर्देशन […]

काठमाडौँ, ९ साउन । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक […]

झापा, ९ साउन । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार […]

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको पार्थिव शरीर दाहसंस्कारका लागि लगिँदै । मलङ्गवा नगरपालिका–४, पुर्खेयौली घर भएका ८० वर्षका रायको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

वीरगञ्ज । पर्सा सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९र८० को तुलनामा आव २०८०र८१ मा नौ करोड […]

जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सहिद राम मनोहर यादव पार्क निर्माण गर्नको लागि जग्गा निरिक्षण गरेका छन् । सोमबार सप्तरीको तिरहुत गाउँपालिकास्थित बरखण्डित बाबा महादेव मन्दिर नजिकै स्वराज आन्दोलनको क्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्नको लागि मधेश सरकारका वन मन्त्री त्रिभुवन साहसहितको टिम जग्गा निरिक्षण गरेका हुन् […]

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् । सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे । उनले […]