जनकपुरधाम ,११ साउन। जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि शुक्रबार जनकपुरधाम पुगेका छन् । अध्यक्ष राउतलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलगायत पार्टीका नेताकार्यर्ताहरूले भव्य स्वागत गरेका छन् । पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु […]
जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.शिवराम यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको बिहीबार गरेको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले डा.यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्। आज नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् । ५७ वर्षीय यादव सिरहा […]
जनकपुरधाम ,१० साउन । मधेश प्रदेश सरकारले प्रदेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग पहिलो पटक छलफल गरेको छ। बिहीबार जनकपुरधाममा मधेश प्रदेश सरकारका प्राथमिकता र विकास साझेदार संस्थासँग नीतिगत बहस कार्यक्रममा मधेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग छलफल गरिएको हो। छलफलमा प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी […]
जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गर्न सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।
जनकपुरधाम,९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज विहान करिब सवा ११ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटना भएको हो । दुर्घटनामा क्यापटेनबाहेक सबै १८ जनाको निधन भएको छ । क्याप्टेन मनिष शाक्य घाईते छन् । […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् । धनुषाको कमला नगरपालिकामा रहेको ६/७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् । बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको […]
विराटनगर, ९ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो […]
काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष […]