२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

डा.सीके राउतद्वारा अंकुरी महादेव मन्दिरमा पुजापाठ

न्यूजमधेश डेस्क सप्तरी ,६ फागुन । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतले महाशिवरात्रिको अवसरमा अंकुरी महादेवको मन्दिर पुगेर पूजाआजा गरेका छन्। महाशिवरात्रिको अवसरमा शनिबार बिहानै सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउत अंकुरी महादेवको मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गरेका हुन्। सप्तरीको महदेवास्थित रहेको महादेव मन्दिरमा दर्शन गर्दै उनले अंकुरी […]

न्यूजमधेश डेस्क सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे । शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. […]

न्यूजमधेश डेक्स बाँके,५ फागुन। बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा […]

न्यूजमधेश डेक्स काठमाडौं,४ फागुन। खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको […]

न्यूजमधेश डेक्स रौतहट, ४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ । जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल […]

न्यूजमधेश डेक्स दाङ,४ फागुन। दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताउनुभयो । “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उहाँले […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ फागुन। सर्वोच्च अदालतले स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ फागुन।बालविवाह तथा दाइजो उन्मुलन अभियानका अभियन्ता डा.सीके सिंह जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा एक समारोह बिच अभियन्ता डा.सिंह जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेको छ।अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यतासमेत प्रदान गरेका छ्न। अभियन्ता डा.सिंह […]