जनकपुरधाम,२९ फागुन।मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् । आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् । आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी […]
राजविराज, २८ फागुन ।मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ । अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो । राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ फागुन।जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी जनमत संघबाट स्ववियु सभापतिमा इजाज मोमिनले उम्मेदवारी दर्ता गराएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिको लागि विद्यार्थी जनमत संघसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघबाट सभापतिमा इजाज मोमिन […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ फागुन । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ । सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ फागुन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ […]