२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

बाघको छालासहित दुई पक्राउ

न्यूजमधेश डेस्क कैलाली ,१ फागुन । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ फागुन । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताउनुभयो । काठमाडौँ […]

न्यूजमधेश डेस्क इस्तानबुल, १ फागुन । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै […]

न्यूजमधेश डेस्क काठमार्डौं,१ फाल्गुण । नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौँस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ माघ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य डा. शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौंस्थित बुद्धनगरमा रहेको जनमत पार्टीको कार्यालयमा एक कार्यक्रम बीच डा .यादव जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेको हो ।अध्यक्ष राउतले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ। नेपाल आयल निगम लिमिटेडमा वीरेन्द्र गोइतको बढुवा भएको छ । यसअघि निगमको निर्देशक रहेका गोइतको नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएको हो । गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि सिफारिस भएको थियो । संचालक समितिको बैठकले वरिष्ठताका आधारमा गोइतलाई उक्त पदमा बढुवा गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ माघ । पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकादेखि धनुषाको शहिदनगर नगरपालिकासम्म कालोपत्रे सडक कार्य थाल्नी गरेको छ। जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा मल्हनीयाँदेखि शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहासम्म कालोपत्रे सडकको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार बन्न लागेको कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । पूर्वी […]