न्यूजमधेश डेस्क बुटवल,२० माघ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल […]
राजु विश्वकर्मा वीरगञ्ज, २० माघ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै […]
न्यूजमधेश डेस्क झापा,२० माघ। शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ । धनुषाको औरही गाउँपालिका १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चोरी भएको कम्प्यूटर र अन्य समान डेरी उद्योगबाट बरामद भएको छ । चोरी भएको समानहरु औरही गाउँपालिका १ मै अमित कुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद भएको हो । चोरीका समानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ माघ। धनुषाको शहिदनगर नगरपालिका ७ धवौलीमा रहेको एस.एन.आर. जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका छन् । पठनपान अस्तव्यस्त पारेको र करोडौं रुपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दी समेत गरेका छन् । पठनपाठन […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ माघ। निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ । युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ माघ। प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पुर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन् । ‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष […]
न्यूजमधेश डेस्क राजविराज, १८ माघ ।जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले दलितसँग र दलितभित्रका सानो जातलाई दलितभित्रकै उपल्लो जातले अहिले पनि छुवाछुतको नजरबाट हेर्ने गर्छन् । जातीय छुवाछुत कायम रहेको अवस्थामा पनि उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग भागेर भएपनि विवाह गरेका घट्ना बाहिर […]