२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

समाचार

डा.सीके राउत र रेशम चौधरीबीच भेटवार्ता

न्यूजमधेश डेस्क काठमाडौँ,३ असार। जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीबीच भेटवार्ता भएको छ । बिहिबार डिल्लीबजारस्थित कारागारमा जनमत पार्टीका अध्यक्ष डा सीके राउत र जेल जीवन विताइरहेका रेशम चौधरीसंग भेटवार्ता भएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। भेटघाटका क्रममा अध्यक्ष द्वय अगामी चुनावमा मिलेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ। शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो। उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ असार। एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्। बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्। गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार । उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ । निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । […]