न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र।स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन […]
न्यूजमधेश डेस्क नेपालगञ्ज ,३१ भाद्र। प्रहरीले ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका–४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउन सुगर फेला […]
न्यूजमधेश डेस्क काठमाडौँ ,३१ भाद्र।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन्। यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ भाद्र।धनुषाको सबैला नगरपालिकामा छोराले आफ्नै आमाको हत्या गरेको छ। सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ । उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफै खोजिमा जुटेको थियो। महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र साविक विजेता भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ। नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले उपाधि जितेको थियो। समूह चरणमा नेपाल […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० भाद्र।सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै […]
न्यूजमधेश डेस्क राजविराज ,३० भाद्र। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो । वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका […]