२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

न्यूजमधेश डेस्क इस्लामाबाद ,२५ भाद्र। पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ। यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो। बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ। बाढीले कपास, धान […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ। उनलाई सन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, ‘ नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए। बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ भदौ। प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एक जनाको १ लाख ८० हजार रुपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् । सपहीस्थित मेगा बैंकबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र।मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना गरिएको छ। बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । […]